Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

रोकेर राखिएको ट्रकमा बस र कार ठोक्किँयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २३
रोकेर राखिएको ट्रकमा बस र कार ठोक्किँयो

बुटवल । रुपन्देहीमा रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(भैरहवा सडकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका १ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् ।

मृत्यु हुने र घाइते हुने सबै बसका कर्मचारी हुन् । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसारले बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किँएर दुर्घटना भएको हो ।

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार ठोक्किएको थियो ।

दुर्घटनापछि कार चालक प्रहरीको सम्पर्कमा आएका छैनन् । बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस सहचालक हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स