मंगलबार भीषण सडक दुर्घटना : बस कारसँग ठोक्किँएर खाल्डोमा खस्यो, ३० जनाको मृत्यु
एजेन्सी । उत्तर(पश्चिम पाकिस्तानको पेशावरमा एउटा भयानक सडक दुर्घटना भएको खबर छ । यहाँ मंगलबार बस र कार ठोक्किँदा दुर्घटना भएको हो ।
यसपछि बस गहिरो खाडलमा खसेर कम्तीमा ३० जनाको मृत्यु भएको छ । योसँगै यो भयानक सडक दुर्घटनामा १५ जना घाइते भएका छन् । एक साताभन्दा कम अवधिमा यो दोस्रो यस्तो घातक दुर्घटना हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना गिलगिट बाल्टिस्तान क्षेत्रको दियामिर क्षेत्रको शतियाल चोक नजिक भएको हो । स्थानीय प्रहरीका अनुसार बस गिलगिटबाट रावलपिंडी तर्फ गइरहेको थियो ।
त्यसपछि शतियाल क्षेत्रबाट विपरित दिशाबाट आउँदै गरेको कारसँग ठक्कर भएको थियो । त्यसपछि दुवै गाडी गहिरो खाडलमा खसेका थिए । खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइते र शवलाई आरएचसी अस्पताल लगिएको थियो ।
अन्धकारका कारण उद्धारकर्तालाई राहत तथा उद्धार कार्यमा कठिनाइ भएको प्रहरी अधिकारीले बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यस दुर्घटनामा परी ज्यान गुमाउने प्रति दुःख व्यक्त गरेका छन् ।
सरकारी रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री सरिफले पीडित परिवार प्रति समवेदना व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् । उनले घाइतेहरुको उचित उपचार गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति आरिफ अल्वीले पनि दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गरेका छन् । यसअघि गत शुक्रबार उत्तरपश्चिम पाकिस्तानको कोहाट जिल्लामा सुरुङ नजिक बस र तीव्र गतिमा रहेको ट्रक एक आपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको थियो ।
त्यस्तै अर्कोतर्फ, जनवरी २९ मा दक्षिणी पाकिस्तानमा अर्को भयानक दुर्घटना भएको थियो । जहाँ एउटा बस पिलरसँग ठोक्किएर पुलबाट खसेर ४० जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
भोटेकोशी बाढीपीडितलाई टोखा नगरपालिकाको १ करोड २० लाख सहयोग
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

