तीनकुनेमा जीप र मोटरसाइकल ठोक्किँयो : एकको मृत्यु, एक गम्भीर
जानकारी केन्द्र
२०७९, माघ, २५
काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक गम्भीर घाइते भएका छन् । बुधबार बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्किँएर भएको दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय नोजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी भक्तपुरको सुर्यविनायक नगरपालिकाकाका रहेको खुलेको छ । राईको आज बिहान उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलमा सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको भने उपचार भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार बिहान ३ बजेतिर बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोक्किँएर दुर्घटना भएको थियो ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
