महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने
जानकारी केन्द्र
२०८१, भाद्र, ५
काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ ।
अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको दिदै आयोजक भने बंगलादेश क्रिकेट बोर्डनै रहने जानकारी दिएको छ ।
बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

