अफ्रिकामा होइन, अमेरिकामा छ सबैभन्दा ठुलो सुनखानी
काठमाडौं। के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?
हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निकाल्नेमा चीन सबैभन्दा अगाडि छ । तर, खानीको कुरा गर्ने हो भने अमेरिकाको नेभाडा सुन खान शीर्ष स्थानमा रहेको छ। यो खानी सुन उत्पादनमा विश्वकै विशेष मानिन्छ ।
नेभाडा सुन खानीबाट हरेक वर्ष लाखौं किलो सुन निकालिन्छ। नेभाडा राज्यको तथ्यांक अनुसार सन् २०२१ मा यहाँ ४५,०२,३६५ ट्रोय औंस सुन भेटिएको थियो, जुन करिब १ लाख ३१ हजार किलोग्राम हो । सन् २०२० मा पनि करिब सोही मात्रामा सुन निकालिएको थियो ।
यो संख्या अमेरिकामा उत्पादन हुने कुल सुनको ७४ प्रतिशत हो। यसबाहेक २०२१ मा नेभाडाबाट ६२, १८, ४१५ ट्रोय औंस चाँदी पनि निकालिएको थियो, जसले यसलाई अमेरिकामा खनिज उत्पादनको प्रमुख केन्द्र बनाएको छ ।
नेभाडा सुनको लागि मात्र होइन, अन्य खनिजहरूको लागि पनि प्रसिद्ध छ। यहाँबाट तामा, डोलोमाइट, जिप्सम, रत्न, चुनढुङ्गा र लिथियमजस्ता खनिजहरूको पनि उत्खनन गरिन्छ।यी खनिजहरू धेरै उद्योगहरूमा प्रयोग गरिन्छ। विशेष गरी ब्याट्री र इलेक्ट्रोनिक उपकरणहरूमा बढ्दो मागका कारण लिथियमको प्रयोग द्रुत रूपमा बढेको छ।
नेभाडाका खानीहरूले यस क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्। यी खानीहरू आफ्नो उन्नत प्रविधि र आधुनिक खानी प्रबिधिका कारण विश्वभर प्रसिद्ध रहेका छन्। साथै, खनिजहरूको उच्च गुणस्तरले यसलाई थप विशेष बनाएको छ ।
नेभाडाको यो खनिज भण्डारले अमेरिका मात्र नभई सम्पूर्ण विश्वको खनिज आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ। नेभाडाका खानीहरूबाट उत्पादन हुने सुन र अन्य खनिजहरूले यस क्षेत्रलाई विश्वव्यापी खानी उद्योगहरूमा विशेष पहिचान दिन्छ। यस खानीको विशालता र उत्पादन क्षमताले यसलाई सुन संसारको राजा पनि भनिन्छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
