विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै
काठमाडौं । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ ।
महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डको टिम रहेका छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन् ।

नेपालले माघ ५ बाट बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यसैगरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।
नेपाली टोलीः
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

