पाकिस्तानमा बस एक आपसमा ठोक्किदा १० को मृत्यु
लाहौर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमै र सात जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको अस्पतालले जनाएको छ । जबकि अन्य सात जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएका थिए।
प्रहरी र उद्धारकर्मीले घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएका छन् । खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले दुर्घटनामा १० यात्रुको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा घाइते भएका यात्रुलाई आवश्यक सबै स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
