• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • १३ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १४ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १७ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १७ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १८ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १८ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १९ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. हनुमान जन्मजयन्ती मनाइँदै

  • ५. नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

  • ६. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

  • ७. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • ८. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

  • ९. प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

  • १०. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

दुई भागमा विभाजित हुँदैछ अफ्रिका महादेश, बन्नेछ नयाँ महासागर

जानकारी केन्द्र २०८१, माघ, २०

 एजेन्सी। वैज्ञानिकहरुले अफ्रिका महादेश पहिलेको तुलनामा तीव्र गतिमा फुटिरहेको र दुई भागमा छुट्टिने क्रममा रहेको दाबी गरेका छन् । पहिलोपटक सन् २००५ मा इथियोपियाको मरुभूमिमा ३५ माइल लामो दरार देखिएको थियो, जुन अहिले वर्षेनी आधा इन्चको गतिले चौडा भइरहेको छ ।

डेलीमेलको रिपोर्ट अनुसार क्यालिफोर्निया विश्वविद्यालय, सान्टा बार्बाराका प्राध्यापक केन म्याकडोनाल्डले भनेका छन् कि यो प्रक्रिया जसलाई पहिले पहिले करोडौँ वर्षसम्म चल्ने प्रक्रिया मानिन्थ्यो, अब चाहिँ १० देखि ५० लाख वर्षभित्रैमा यो पूरा हुनसक्छ । अफ्रिका महादेशको विभाजनका कारण पृथ्वीमा एउटा नयाँ महासागर र थप एक महादेश बन्नेछ ।

के होला विभाजनको प्रभाव ?
प्राध्यापक म्याकडोनाल्डका अुनसार हिन्द महासागरको पानी पूर्वी अफ्रिकी रिफ्ट भ्यालीमा भरिन सक्दछ र अन्ततः उक्त क्षेत्रले एउटा नयाँ महासागरको रुप लिन सक्दछ । उक्त नयाँ महासागर आन्ध्र महासागर जत्तिकै गहिरो हुनसक्छ ।

यी मुलुकलाई पर्नेछ असर
अफ्रिकी महादेशमा देखिएको दरार त्यहाँका सोमालिया, केन्या, तान्जानिया तथा इथियोपिया लगायतका देशहरु हुँदै गएको छ । वैज्ञानिकहरुका अनुसार यो विभाजनपछि इथियोपियाको उक्त भाग नुुबियन महादेशका रुपमा चिनिनेछ । प्राध्यापक म्याकडोनाल्डका अनुसार मानव जीवनमाथि उक्त विभाजनको कुनै ठूलो प्रभाव पर्नेछैन । यद्यपि भूकम्प तथा ज्वालामूखी विस्फोट जस्ता घटनाहरु चाहिँ भई नै रहनेछन् ।

पूर्वी अफ्रिकी रिफ्ट प्रणाली
यो प्रक्रिया पूर्वी अफ्रिकी रिफ्ट प्रणालीसँग जोडिएको छ । यो २ हजार माइल लामो दरार हो र करीब २ करोड २० लाख वर्षअघि बनेको थियो । यस क्षेत्रमा दुईवटा टेक्टोनिक प्लेटहरु, सोमालियन र नुबियन रहेका छन् । यी टेक्टोनिक प्लेटहरु एक अर्काबाट टाढा टाढा भइरहेका छन् । लिथोस्फेयर भनिने पृथ्वीको सतहको माथिल्लो हिस्सा विभिन्न टेक्टोनिक प्लेटमा बाँडिएको हुन्छ । वैज्ञानिकहरुका अुनसार ती प्लटेहरु आंशिक रुपमा सर्न सक्दछन् । यो गतिविधि पृथ्वीको केन्द्रबाट उत्पन्न हुने तापका कारणले गर्दा हुन्छ ।

महासागर बन्ने क्रमको सुरुवात
सन् २०२४ मा प्रकाशित फ्रन्टियर्स इन अर्थ साइन्स नामक अध्ययनमा बताइए अनुसार रिफ्ट सिस्टमका फरक फरक ठाउँमा ज्वालामूखी गतिविधि फरक फरक छन् । भर्जिनिया टेकका प्राध्यापक डी सारा स्टेम्प्सले सन् २०२० को एक अध्ययनमा बताए अनुसार रिफ्टको उत्तरी हिस्सामा सबैभन्दा तीव्र गतिमा विभाजन भइरहेको छ र सुरुमा त्यही भागमा नयाँ महासागर बन्नेछ ।

वर्तमानमा के समस्या आइरहेको छ ?
सन् २०१८ मा केन्यामा भारी वर्षापश्चात् यस्तै दरार देखिएका थिए । स्थानीय बासिन्दाहरुले त्यस बेला जमिन हल्लिएको पनि महसुस गरेका थिए । भविष्यमा यस्ता दरारहरु अझै धेरै बन्न सक्दछन् । यसबाट मडागास्कर टापु पनि दुई टुक्रामा बाँडिन सक्दछ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा
एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु
निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.