पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ ।
भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया पुरा गरेका विद्यार्थीहरुले क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो ।
विदेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जनाएको । पूर्वाञ्चल विश्वविद्यालयले त्यस्ता विद्यार्थीहरूका लागि क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ ।
हालै भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछिको घटनाक्रमपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्केर अन्योल भएको बेला पूर्वाञ्चल विश्वविद्यालयले महत्वपूर्ण निर्णय लिएको छ ।
उक्त प्रकरणपछि सो विश्वविद्यालयमा पढ्न गएका डेढसय भन्दा बढी नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेका छन् ।

सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

