नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता सेयर प्रति कित्ता मूल्य रु २९ सय ५१ रुपैयाँ एफपीओ निस्कासन भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमयम जोडेर प्रति कित्ता मूल्य रु २९ सय ५१ रुपैयाँ लागेको हो । कम्पनीले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत सेयर निस्कासन गरेको हो । यसबाट कम्पनीको पुँजीमा ३० करोड ९६ लाख रुपैयाँ थपिने छ । बाँकी ८ अर्ब ८२ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जाने छ । अहिले कम्पनीको पुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । यो पुँजीका आधारमा कम्पनीले संस्थापक समूहमा रहेको १० प्रतिशतलाई साधारणमा झार्ने गरी एफपिओ गरेको हो ।