दाङ्गमा एमएडब्लु वृद्धिको सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प हुँदै
काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना हुँदैछ।
उक्त क्याम्प आज (१९) देखि २१ पौष २०८२ सम्म राप्ती अटोमार्ट प्रा. लि. मा आयोजना हुँदैछ, जुन दाङ्ग क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरक हुनेछ। यस टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्पमार्फत ग्राहकहरूले अत्यन्तै आकर्षक आर्थिक सुविधा तथा एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधनतर्फ रूपान्तरण हुने उत्कृष्ट अवसर पाउनेछन्।
दाङमा नयाँ स्टेट–अफ–दि–आर्ट डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित नामी भिगोको आधिकारिक सार्वजनिक अनावरण अवसर पारेर कम्पनीले टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गदैँछ ।
इलेक्ट्रिक सवारी साधनको स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन एमएडब्लु वृद्धिले यस कार्यक्रम अवधिमा विशेष लाभहरूको व्यापक प्याकेज प्रस्तुत गरेको छ। ग्राहकहरूले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार, यससँगै चार्जिङ सुविधा (७ किलोवाट क्षमताको द्रुत चार्जर तथा ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर) र निःशुल्क अटो प्लस बीमा पनि प्रदान गरिनेछ। उच्चस्तरीय इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेसमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभहरू उपलब्ध गराइनेछ।
सबै मोडेलमा पुराना सवारी साधनको उत्तम मूल्याङ्कन सुनिश्चित गरिनेछ भने परीक्षण सवारी लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिनेछ। दाङमा सञ्चालनमा आएको नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री केन्द्रका रूपमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
