Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

घरका सबै कोठाको ताल्चा फुटाएर मन्त्रीको घरमा फेरि चोरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
घरका सबै कोठाको ताल्चा फुटाएर मन्त्रीको घरमा फेरि चोरी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उहाँले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो ।

“के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ”, प्रनाउ रिजालले भन्नुभयोे, “हामीले अनुसन्धान थालेका छौँ ।” छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो ।

त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ । “डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो”, छिमेकी शोभाखर पन्थीले भन्नुभयोे, “यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।”

Top Changing Nepal

युट्युब सट्स