चलचित्र ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेनः भुवन केसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताउनुभएको छ । आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताउनु भयो । उहाँले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताउनु भयो । उहाँले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताउनु भयो । उहाँले नयाँ ड्राफ्टमास्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महशुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो । त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण मैले बुझेको अहिलेसम्म चलचित्र ऐन पास नहुनु नै मुख्य कारण हो । किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान त्यसमा खोजिएको छ । यसपालि हामीले चलचित्र ऐन, मन्त्रालयमा अन्तिम ड्राफ्ट तयार पारेर पठाएका छौँ । सरोकारवालाहरुको सरसल्लाह बमोजिम पठाएका छौँ । पहिला पठाएको ड्राफ्टमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएको रहेछ । चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन भने त्यसले धेरै काम गर्न सक्दैन भनेर हामीले विभिन्न निकायहरुले स्वायत्तताको मागलाई प्राथमिकतामा राखेर नयाँ ड्राफ्ट तयार पारेका छौँ ।’ अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरेर राम्रो कामहरु अघि बढाइरहेको बताउनु भयो ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

