एजेन्सी । भारतका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार निधन भएको छ । कन्नड फिल्मका अभिनेता चिरञ्जिवीको ३९ वर्षको उमेरमा आइतबार दिउँसो एक अस्पतालमा निधन भएको हो ।
भारतिय मिडियाका अनुसार उनको हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको जनाइएको छ । बुबासँग कुरा गरिरहेको समयमा अचानक ढलेका उनलाई अस्पताल पुर्याइएको थियो । तर उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको जनाइएको छ ।
उनको निधनले धेरै कलाकारले दुख व्यक्त गरेका छन् । सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’बाट डेब्यु गरेका उनले हालसम्म २२ वटा कन्नड फिल्ममा अभिनय गरिसकेका थिए । उनको अन्तिम फिल्म ‘शिवार्जुन’ थियो ।