अमेरिकाले विकास गरिरहेको भ्याक्सिन प्रभावकारी
एजेन्सी, ३१ असार । कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनि मोर्डनाले विकास गरिरहेको भ्याक्सिन प्रभावकारी देखिएको छ । पहिलो चरणको मानव परीक्षणका क्रममा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न प्रभावकारी देखिएको हो ।
मोर्डनाले जति पनि स्वयंसेवकमा खोप परीक्षण गर्यो सबैमा रोग प्रतिरोधको प्रतिक्रिया देखाएको न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा मंगलबार प्रकाशित जर्नल लेखमा उल्लेख छ । तर, स्वयंसेवीहरुमा टाउको दुख्ने, मांशपेसी दुख्ने, खोप लगाएको भागमा दुख्ने, थकान महशुश भएको जर्नलमा प्रकाशित लेखमा भनिएको छ ।
यो भ्याक्सिनको यसै महिना तेस्रो चरणको परीक्षण हुने र त्यसपछि मात्र उत्पादन गरिने वा नगरिने टुंगो लगाइनेछ । मोर्डनाले मंगलबार प्रेस विज्ञप्तिमार्फत् ५ करोड डल प्रति वर्ष खोपको उत्पादन गर्ने लक्ष्य लिएको भनेको छ ।
यसअििघ रुसले दोस्रो चरणको खोपको परीक्षण सफल भएको जनाइसकेको छ । उसले अब तेस्रो चरणको परीक्षणमा सफलता हासिल गरे खोप उत्पादन गर्ने पहिलो मुलुक बन्न सक्नेछ ।
अमेरिका, चीन, भारत, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकमा एक सय २० भन्दा बढी भ्याक्सिन उत्पादन भइरहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

