खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आगामी चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने जनाइएको छ । पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
दिक्तेलमा अन्तर क्लबस्तरीय फुटबल चैत ४ देखि
दिक्तेलमा अन्तर क्लबस्तरीय फुटबल चैत ४ देखि
तपाईको प्रतिक्रिया








