मेस्सीको दुई गोलले कीर्तिमानी खेलमा बार्सिलोनाको सहज जित
एजेन्सी, ३ चैत। बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । लिओनल मेस्सीले दुई गोल गरेसँगै उक्त स्थान हासिन गर्न सफल भएको हो । बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि ७६७ खेल खेलेलका हुन् । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा ५१० खेल खेले ।
मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३ औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
