Jankari Kendra
२६ आश्विन २०८३, सोमबार

त्रिदेशीय फुटबलको उपाधि नेपाललाई, बंगलादेश २–१ गोलले पराजित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १६
त्रिदेशीय फुटबलको उपाधि नेपाललाई, बंगलादेश २–१ गोलले पराजित

काठमाडौँ– नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि पहिलो गोल खेलको १७ औँ मिनेटमा सञ्जोग राईले गरेका थिए भने विशाल राईले ४१ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। विशालले अफसाइड ट्र्याप बिट गरेर सेकेण्ड बार च्यापेर उत्कृष्ट गोल गरेका थिए।बंगलादेशले खेलको ८२ औँ मिनेटमा एक गोल फर्काएर खेलमा फर्कने कोशिस गरेको थियो। बंगलादेशका लागि महोबबुर रहमानले एक गोल फर्काएका हुन्।

Top Changing Nepal

युट्युब सट्स