टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको प्रशिक्षण शुरु
आगामी १५ फेबु्रअरीदेखि ओमानमा हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण सुरु गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि प्रशिक्षण सुरु गरेको हो ।
बन्द प्रशिक्षणको पहिलो दिन आज १४ जना खेलाडी उपस्थित भएका छन् । २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन् भने ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने बताइएको छ ।
सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर शाह लगायत ९ जना खेलाडीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रशिक्षणमा सहभागी छैनन् । प्रशिक्षक दासानायकेका अनुसार अन्य ९ खेलाडीले भने आज साँझसम्ममा उपस्थित हुने भएका छन् ।
क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । यसअघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा अधिकांश खेलाडी गएका थिएनन् । कप्तान सन्दिप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्ने भएका छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

