जापानलाइ पछि पार्दै अर्को बर्ष भारत विश्वको चौथों ठुलो अर्थतन्त्र हुने
नयाँदिल्ली । भारतीय अर्थतन्त्रले अब अर्को बर्ष जापानलाइ पछि पार्दै चौथों ठुलो अर्थतन्त्र बन्ने भएको छ । भारतको उद्योग संगठन र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले यो आर्थिक वर्ष (२०२४–२५) मा ६.८ प्रतिशत र आगामी आर्थिक वर्ष (२०२५–२६) मा ७.७ प्रतिशतले वृद्धि हुने सम्भावना रहेको जनाएको छ ।
पीएचडीसीसीआईका अध्यक्ष हेमन्त जैनका अनुसार पछिल्लो तीन वर्षमा भारतको अर्थतन्त्रले राम्रो प्रदर्शन गरेको छ। उनले यो पनि भने कि फेब्रुअरी २०२६ मा रिजर्व बैंक अफ इन्डियाले नीतिगत ब्याज दरमा ०.२५ प्रतिशत कटौतीको घोषणा गर्न सक्छ। यसको कारण मुलुकमा मुद्रास्फीति घट्ने संकेत देखिएको छ ।
उद्योग संगठनले फ्रेबुअरी १ मा पेश हुने बजेटका सम्बन्धमा केही सुझाव दिएको छ । उसका अनुसार आयकर छुटको सीमा बढाएर १० लाख पुर्याउन माग गरिएको छ भने उच्चतम आयकर दर ४० लाख भन्दा माथिको आम्दानी भएका व्यक्तिहरूलाई मात्र लागू गर्न सुझाव दिइएको छ।
विश्वका धेरै ठूला अर्थतन्त्र संकटबाट गुज्रिरहेका बेला भारतले ठूलो प्रगति गरेको पीएचडीसीसीआईले बताएको छ । भारत अर्को बर्ष चौथों ठुलो अर्थतन्त्र बन्नका लागि चालु आर्थिक वर्षमा ६.८ प्रतिशतको दरले वृद्धि हुनु पर्ने सर्त राखिएको छ । उसका अनुसार आगामी आर्थिक वर्षमा यो दर ७.७ प्रतिशत पुग्न सक्छ । र, सन् २०२६ सम्ममा भारतले जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सक्छ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
