कार्तिक ९, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन आज (कात्तिक ९ गते) देखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ । यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।