ओमिक्रोनको लक्षण : पेटमा यी समस्या देखिए कोरोना परीक्षण गर्न विज्ञको अनुरोध
स्वास्थ्य विज्ञहरु ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरुको लक्षणबारे बताइरहेका छन् । ओमिक्रोनका केही लक्षण डेल्टाको भन्दा फरक छ । ओमिक्रोनमा ज्वरो आउनु, खोकी लाग्नु लक्षणहरु मात्रै सिमित नभएको विज्ञहरुको भनाइ छ । ओमिक्रोनमा श्वास प्रश्वासमा समस्या देख्नुका अलावा पेटमा पनि विभिन्न समस्या देखिने लक्षण देखिएको भन्दै विज्ञहरुले सचेत गराएका छन् ।
पेटसँग जोडिएका ओमिक्रोनका लक्षणहरु यदि तपाईलाई ज्वरो विना वान्ता भइरहेको छ या पेट दुखिरहेको छ, खानामा अरुची छ भने तुरुन्तै कोरोना परीक्षण गराहाल्नुपर्छ । साथै सास फेर्न समस्या भइरहेको छ भने यसलाई वेवास्ता गर्नु हुँदैन । यी लक्षणहरु खोप लगाएका व्यक्तिहरुलाई पनि देखिरहेको छ ।
भारतको गुडगाउँस्थित फोर्टिस मेमोरियल रिसर्च इन्ष्टिच्यूटका डाइरेक्टर डा. मनोज गोयलले हिन्दुस्तान टाइम्समा बताउनुभए अनुसार केही व्यक्तिहरुलाई सुरुमा विना ज्वरो पेट दुख्ने समस्या देखिन्छ भने पनि ओमिक्रोन संक्रमण भएको शंका गरि परीक्षण गराइ हाल्नुपर्छ । शरीर दुख्ने, वान्ता हुने, खान मन नलाग्नेजस्ता अरु लक्षण पनि देखिन सक्छ ।
ओमिक्रोनका कारण पेटको माथिल्लो भाग सुन्निन पनि सक्छ । कोरोनाको दुवै मात्रा खोप लगाएका व्यक्तिहरु यस्ता समस्या लिएर अस्पताल आउने गरेको गोयलले उल्लेख गर्नुभएको छ । यद्यपी यी लक्षण गम्भिर नभएको तर्फ उहाँले सचेत गराउनुभयो ।
यसैबीच भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना कोरोनाका नयाँ बिरामी पुष्टि भएका छन् । जसमा ५७५३ ओमिक्रोनका केस छन् । यो संख्या विहीबारको तुलनामा ६.७ प्रतिशतले बढी हो । भारतमा संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत