जापानलाइ पछि पार्दै अर्को बर्ष भारत विश्वको चौथों ठुलो अर्थतन्त्र हुने
नयाँदिल्ली । भारतीय अर्थतन्त्रले अब अर्को बर्ष जापानलाइ पछि पार्दै चौथों ठुलो अर्थतन्त्र बन्ने भएको छ । भारतको उद्योग संगठन र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले यो आर्थिक वर्ष (२०२४–२५) मा ६.८ प्रतिशत र आगामी आर्थिक वर्ष (२०२५–२६) मा ७.७ प्रतिशतले वृद्धि हुने सम्भावना रहेको जनाएको छ ।
पीएचडीसीसीआईका अध्यक्ष हेमन्त जैनका अनुसार पछिल्लो तीन वर्षमा भारतको अर्थतन्त्रले राम्रो प्रदर्शन गरेको छ। उनले यो पनि भने कि फेब्रुअरी २०२६ मा रिजर्व बैंक अफ इन्डियाले नीतिगत ब्याज दरमा ०.२५ प्रतिशत कटौतीको घोषणा गर्न सक्छ। यसको कारण मुलुकमा मुद्रास्फीति घट्ने संकेत देखिएको छ ।
उद्योग संगठनले फ्रेबुअरी १ मा पेश हुने बजेटका सम्बन्धमा केही सुझाव दिएको छ । उसका अनुसार आयकर छुटको सीमा बढाएर १० लाख पुर्याउन माग गरिएको छ भने उच्चतम आयकर दर ४० लाख भन्दा माथिको आम्दानी भएका व्यक्तिहरूलाई मात्र लागू गर्न सुझाव दिइएको छ।
विश्वका धेरै ठूला अर्थतन्त्र संकटबाट गुज्रिरहेका बेला भारतले ठूलो प्रगति गरेको पीएचडीसीसीआईले बताएको छ । भारत अर्को बर्ष चौथों ठुलो अर्थतन्त्र बन्नका लागि चालु आर्थिक वर्षमा ६.८ प्रतिशतको दरले वृद्धि हुनु पर्ने सर्त राखिएको छ । उसका अनुसार आगामी आर्थिक वर्षमा यो दर ७.७ प्रतिशत पुग्न सक्छ । र, सन् २०२६ सम्ममा भारतले जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सक्छ।
सम्बन्धित समाचार
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

